तिलोत्तमा वडा नं ६ मा प्रहरी चौकी पुनः स्थापना हुंदै

तिलोत्तमा वडा नं ६ मा प्रहरी चौकी पुनः स्थापना हुंदै

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मा प्रहरी चौकी पुनः स्थापनाका लागि स्थलगत निरीक्षण तथा छलफल गरिएको छ । वडाबासीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै वडाको गोरकट्टा चोकस्थित १६र३३ मौजा सिंचाई समितिको भवनमा चौकी राख्नका लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नगरप्रमुख, वडाध्अयक्ष, स्थानीय लगायतको उपस्थितिमा चौकी स्थापनार्थ भवन अवलोकन तथा निरीक्षण गरिएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाभित्र सुरक्षा कायम गर्न प्रहरी र प्रशासनसँगको सहकार्यमा नगरपालिकाले अस्थायी चौकी स्थापना, नगर प्रहरी परिचालनलाइ तीव्र रुपमा अघि बढाएको बताउनुभयो । उहाँले पहिले पनि वडामा चौकी राखेकामा निरन्तर सुरक्षा दिने विषयमा समस्या भइ रोकिएको र अब पुनः स्थापना गरी निरन्तर सुरक्षा दिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले स्थानीय सरकार, नागरिकको जागरुकतामा शान्ति सुरक्षा कायम गर्न सक्नु राम्रो कार्य हुने बताउनुभयो । उहाँले वडाको पहलमा अघि सारेको चौकी स्थापना कार्यमा प्रशासन र जिल्लास्थित सुरक्षा निकाय सकारात्मक रहेको बताउनुभयो । उहाँले चौकी राख्न उपयुक्त स्थान समेत फेला परेकोमा अब व्यवस्थित तरिकाले प्रहरीले सुरक्षा दिन पाउने बताउनुभयो ।

त्यस्तै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रदीप बहादुर क्षेत्रीले जिल्लाबासीलाई सुरक्षाको अनुभुति गराउन प्रहरी हरबखत खटिरहेको बताउनुभयो । उहाँले तिलोत्तमामा शान्ति सुरक्षाका लागि जनप्रतिनिधि र स्थानीय नै सक्रिय भएकाले आफूहरुलाई काम गर्न समेत सहज हुने बताउनुभयो ।

तिलोत्तमा नगरपालिका–६ का अध्यक्ष गणेश पाठकले वडाको मुख्य राजगमार्ग बुद्ध सर्किट भएको र यस सडकबाट अन्यत्रका मानिस समेतको आवतजावत अधिक भएकाले यहाँका मानिसको सुरक्षा आफुहरुको जिम्मेवारी भएको बताउनुभयो । उहाँले पहिले पनि चौकी राखेर सुरक्षा दिइरहेकामा जेनजी आन्दोलनले विस्थापित भएपछि अब स्थायी रुपमै चौकी स्थापना गर्ने बताउनुभयो ।

सो छलफलमा १६र३३ मौझा सिंचाइका पदाधिकारीसहित स्थानीयको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : शुक्रबार, असोज ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij