काठमाण्डौ – छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
यतिबेला रुपन्देहीका बिभिन्न स्थानमा छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो लागेको छ । कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरुले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका हुन् ।
छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ । छठको मुख्य दिन हिजो देशभरी सार्वजनिक बिदा दिइएको थियो भने मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्