बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन लगाए स्थानीय प्रशासनले रोक

बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन लगाए स्थानीय प्रशासनले रोक

गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा शुक्रबार सडक डिभिजन कार्यालयले अस्थायी सडक बनाउन काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ‘डाइभर्सन’ निर्माण गर्न ‘ट्रयाक’ खुलाउँदै । तस्बिर : राजकुमार पराजुली / रासस

सिन्धुली – बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले आज छुट्टाछुट्टै सूचना निकालेर बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक लगाएको जानकारी गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा गाडी सञ्चालनमा रोक लगाएको जानकारी गराएको छ । सिन्धुली प्रशासनले पनि बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्गअन्तर्गत खुर्कोट बजारदेखि काठमाण्डौतर्फ गाडी आवागमनमा निषेध गरेको जनाएको छ ।

दुवै प्रशासन कार्यालेले दिउँसो पनि अत्यधिक पानी परेमा गाडी चलाउन रोक लगाउन सकिने बताएका छन् । वर्षाका कारण कोशी राजमार्गमा पनि अवरोध आएको छ । राजमार्ग बाहेक साना सडकमा पनि अबरोध आउन सक्ने भएकोले सतर्कताका साथ गाडी चलाउन प्रहरीले आह्वान गरेको छ ।

यस्तै बदली र वर्षाका कारण आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित लुक्ला लगायतका विमानस्थलमा उडान प्रभावित भएको छ । हिमाली क्षेत्रमा पदयात्रामा गएर समस्यामा परेकाहरुको उद्धारसँगै जान नदिन रोक्ने लगायतका काम भइरहेको भन्दै प्रहरीले केही दिन पदयात्रामा नजान भनेको छ ।

यसैबीच नेपाल पर्यटन बोर्डले मौसम सामान्य नहुँदासम्मसगरमाथा, लाङटाङ, इलाम र ताप्लेजुङलगायतका पूर्वी हिमाली पदमार्गहरूमा पदयात्रामा नजान आग्रह गरेको छ । त्यसैगरी पूर्व र मध्यम पहाडी क्षेत्रमा अनावश्यक यात्रा नगर्न, पहिरो वा बाढी प्रभावित सडकमा गाडी नचलाउन र नदी वा खोलानजिक टेन्ट राखेर क्याम्पिङ नगर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij