तिलोत्तमा युसिएलजी ए एसपीएसीकोे काउन्सिल सदस्य

तिलोत्तमा युसिएलजी ए एसपीएसीकोे काउन्सिल सदस्य

तिलोत्तमा, तिलोत्तमा नगरपालिका युसिएलजी एशिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यको रुपमा निर्वाचित भएको छ । सन् २०२५ देखि २०२७ सम्मको लागि एशिया प्रशान्त सहरहरु र स्थानीय सरकारहरुको संस्थाको काउन्सिल मेम्बरका रुपमा निर्वाचित भएको हो । दक्षिण कोरियाको गोयांग विशेष सहरमा सम्पन्न युसिएलजी एशिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई निर्वाचित गरेको हो ।

दक्षिण र दक्षिण पश्चिम एशिया प्रशान्तका सदस्यहरुले तिलोत्तमा नगरपालिकाको क्षमतालाई विश्वास गरी तिलोत्तमालाई काउन्सिल मेम्बरको रुपमा निर्वाचित गरेका हुन् । यो अवसरसँगै तिलोत्तमा नगरपालिकाले एशिया प्रशान्त क्षेत्रका समुदायको हित बढाउन, त्यस क्षेत्रका स्थानीय सरकारहरुको क्षमता विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउने भएको छ ।

नगरप्रमुख रामकृष्ण खाणले यो सदस्यताले नगरपालिकाको अनुभव, विशेषज्ञता र दृष्टीकोणले एशिया प्रशान्तका सहररुहरु र स्थानीय सरकारहरुको भावी भविष्य निर्माणमा भुमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो । युसिएलजी ए एसपीएसी स्थानीय सहरहरुबीच बहुआयामिक संवाद गराउने, पैरवी गर्ने संस्था भएकाले यसमा तिलोत्तमालाई आबद्ध गरिनु नै खुसीको पल भएको उहाँले बताउनुभयो । स्थानीय सरकारको अन्तर्राष्ट्रियस्तरमा नै पैरवी गर्ने, स्थानीय सरकारमा सुशासन अभिवृद्धि गर्ने, सूचना र बौद्धिकतामा महत्वपुर्ण विन्दुका रुपमा कार्य गर्ने र बलियो, सक्रिय र आफ्नो क्षेत्रको स्थानीय शासनमा अन्तर्राष्ट्रिय सूचना आयात गर्न, नगरले गरेका राम्रा कामको प्रचारप्रसार गर्न र वैदेशिक लगानी, प्रविधि र सिकाई पालिकामा भित्र्याउन यसले सघाउनेछ,’उहाँले भन्नुभयो–‘यसमा आबद्धता हुनुले स्थानीय सरकार कत्तिको अब्बल छन् भन्ने विषयबारे अन्तर्राष्ट्रिय फोरममा जानकारी प्रदान गर्न सकिन्छ ।’

नगरप्रमुख खांणले असल अभ्यासकै कारण एक पछि अर्को अन्तर्राष्ट्रिय मञ्चमा नगरपासलकाले सदस्यता पाइरहेको बताउनुभयो । उहाँले आफूहरु नगरलाई कसरी विकास गर्ने, यसमा भइरहेका राम्रा कामलाई निरन्तरता दिदै पालिकाको क्षमता विकास र राम्रो शासन सञ्चालनलाई सुदृढ गर्न यी फोरममा आबद्ध हुन पाउनु खुसीको विषय भएको बताउनुभयो । ‘युसिएलजीको उद्देश्य अनुरुप स्थानीय सरकारबीच सहकार्य, अनुभव आदानप्रदान र दिगो विकासको प्रवद्र्धनमा हामी पनि सहभागि हुन पाउनेछौं, ’उहाँले भन्नुभयो–‘अन्तर्राष्ट्रिय देशबाट सिक्न पाउने र पालिकामा ती अभ्यास लागू गरी थप विकास गर्न सकिनेमा विश्वस्त छौं ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले यसबाट अन्तर्राष्ट्रियस्तरमा तिलोत्तमा नगरपालिकाको छविलाई उचो बनाउन, अन्तर्राष्ट्रिय असल अभ्यासलाइ स्थानीयकरण गर्न र तिलोत्तमा नगरपालिकाले गरिरहेका असल अभ्यास र गतिविधिलाई अन्तर्राष्ट्रिय मन्चमा प्रस्तुत गर्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले तिलोत्तमा नगरपालिकाले स्थानीय शासन सुदृढीकरणको लागि सेवा प्रवाह, विकास व्यवस्थापन र सामुदायिक सशक्तिकरणका विभिन्न आयामहरुमा अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्ने स्थान नगरपालिकाले पाएको विषय गौरवको विषय भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij