सरकारले सचिवालयको सुविधा कटौती गरेपछि सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारी बैठकमा

सरकारले सचिवालयको सुविधा कटौती गरेपछि सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारी बैठकमा

काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् सचिवालयको सिंहदरबार स्थित भवनमा बैठक बस्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा सङ्घ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ।

निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिन अगाडि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको विषयमा एकजुट भएर निर्णय गर्ने र सरकारलाई निर्णय उल्ट्याउन दबाब दिने रहेको छ ।

सरकारले केही दिनअघि प्रतिनिधिसभाका उपसभामुख राष्ट्रिय सभाका उपाध्यक्ष लगायत को सचिवालयको सुविधामा कटौती गरेको थियो

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij