काठमाण्डाै – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले याेग्य मतदातालाई आजै मतदाता परिचयपत्र बनाउन आह्वान गर्नुभएको छ ।
आज एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिलाई मतदाता परिचयपत्र बनाउन आह्वान गर्नुभएको हो । उहाँले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन भएको र ती साधनहरू विवेक र मतदान भएको बताउनुभयो । उहाँले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचित गराउन र आफैँ पनि प्रतिनिधि बन्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् । पहिलो तपाईं हामी नागरिकको विवेक हो । त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन । दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचयपत्र हो । जेनजी युवा र समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ । त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्