बुटवल , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७ औँ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । यसैगरी ९ औँ अधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । सो अवसरमा बोल्दै प्रतिष्ठानका आजिवन सदस्य तथा सल्लाहकार खेमबहादुर हमालले संस्थालाई थप गतिशिल बनाएर लैजान सुझाब दिए ।
पुराना अग्रजहरुको सम्मान तथा नयाँ प्रतिभाहरुको संरक्षणका लागि प्रतिष्ठानले विभेदरहित अघि बढ्नु पर्ने सुझाब दिए । यसैगरी प्रतिष्ठानका केन्द्रीय सदस्य दिपक गर्बुजा, लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगर, प्रतिष्ठान रुपन्देहीका अभिभावक राधेश्यामराज भण्डारी, संस्थाका सल्लाहकार टंक गैरे, प्रकासराज पौडेल, आजिवन सदस्य ज्ञानेन्द्र कसजु लगायतले शुभकामना व्यक्त गरे ।
उद्घाटन सत्रको कार्यक्रम सचिव विधान कार्कीको सञ्चालन तथा अध्यक्ष विजय सापकोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिष्ठानले वार्षिक साधारणसभाको अवसरमा विभिन्न ६ विधामा पुस्कार तथा सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले सर्जक डिल्लिनारायण पाण्डेयलाई श्रष्टा सम्मान प्रदान गरेको छ । उनलाई नगद ७ हजार ५ सय पुरस्कार राशीसहित सम्मान गरिएको हो । यसैगरी संस्थागत सम्मानसहित नारायणप्रसाद भुसाललाई नगद राशी ७ हजार ५ सयको पुस्कार प्रदान गरिएको छ । यसैगरी लोक पत्रकारिता पुस्कारबाट पत्रकार मिलन गाहा, कुशल बाध्यवादक पुस्कारबाट यम पुन, नव प्रतिभा पुरस्कारबाट सम्झना खत्री तथा जेष्ठ आजिवन सदस्य सम्मान दयाम न्यौपानेलाई प्रदान गरिएको छ । उनीहरु सबैलाई नगद राशी समत प्रदान गरिएको थियो ।
प्रतिष्ठानको आगामी नेतृत्वका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार पदाधिकारीसहित २३ वटा पदका लागि उम्मेदवी दर्ता भएका छन् । निर्वाचनको थप कार्यक्रम आइतबार विहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिका सदस्य खिमानन्द भट्टराईले जानकारी दिए ।
निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । हालका प्रथम उपाध्यक्ष रितु थापा र द्वितीय उपाध्यक्ष रेशम खनालले अध्यक्षमा दाबी गरेका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्