राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता शुरू

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता शुरू

काठमाण्डौ , निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ । अनलाइन फारम भर्न पाए पनि बायोमेट्रिकका लागि निर्वाचन कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्न थालेको हो ।

प्राविधिक तयारी र परीक्षणका काम सकेर राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अब राष्ट्रिय परिचयपत्र नम्बरसहित अनलाइनबाट फाराम भरेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्नेछ । यसले व्यक्ति स्वयम् निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।

यस्तै अहिले विदेशमा रहेकाहरूसँग पनि राष्ट्रिय परिचयपत्र छ भने मतदाता नामावलीमा सूचीकृत हुन पाउनेछन् । फागुन २१ गतेको चुनावमा मताधिकार प्रयोग गर्नका लागि नाम दर्ता गराउने समयसीमा यही कात्तिक ३० गतेसम्म मात्रै रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij