देशभर चिसो बढ्दै

देशभर चिसो बढ्दै

काठमाडौँ – देशभर चिसो प्रभाव बढ्दै गएको छ। आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पौने ६ बजे गरिएको मापनअनुसार उपत्यकामा तापक्रम एकाएक घटेको हो।

महाशाखाका अनुसार काठमाडौँमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
जुम्लामा आज बिहान न्यूनतम तापक्रम माइनस २.९ डिग्री सेल्सियस मापन भएको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभर सामान्य ठण्डी मौसम चलिरहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अहिले आंशिक बदली छ। कर्णालीका उच्च पहाडी भागमा पनि यस्तै अवस्था रहेको छ।

त्यस्तै, तराईका केही भू–भागमा हुस्सु बनेको महाशाखाले जनाएको छ।
देशका बाँकी अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। दिउँसो पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य भागमा मौसम सफा रहने सम्भावना छ।

प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij