काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्था आएमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्ने भएको छ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार हालसम्म डाइभर्सनका लागि भारतका विभिन्न विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको अवस्थामा, सोमबार बसेको बोर्ड बैठकले भैरहवा विमानस्थललाई वैकल्पिक गन्तव्यका रूपमा चयन गर्ने निर्णय गरेको हो। उनले नयाँ निर्णय कार्यान्वयनमा आएसँगै डाइभर्सनका क्रममा लाग्ने समय र खर्च दुवै बचत हुने बताए।
उनका अनुसार अब आकस्मिक वा अन्य कारणले जहाज अवतरण गर्न नसक्ने स्थिति उत्पन्न भएमा निकटतम वैकल्पिक रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न सकिनेछ।
यससँगै, निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलको रूपमा उपयोग गर्न सकिने सम्भावनाबारे अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय समेत गरेको घिमिरेले जानकारी दिए।
प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्