मोतीपुर मगर महिला समूहद्वारा नेपाल अपाङ्ग आश्रममा भोजनदान तथा फलफूल वितरण

मोतीपुर मगर महिला समूहद्वारा नेपाल अपाङ्ग आश्रममा भोजनदान तथा फलफूल वितरण

बुटवल उपमहानगरपालिका–१७ अन्तर्गत मोतीपुर मगर महिला समूहले नेपाल अपाङ्ग आश्रम, बुटवल–११ प्रगति नगरमा रहेका आश्रितहरूका लागि भोजनदान तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। “मौलिक कला संस्कृतिको जगेर्ना गरौँ” भन्ने नाराका साथ देउसी–भैलो कार्यक्रमबाट संकलित रकमलाई सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयोग गर्दै समूहले आश्रममा रहेका ४४ जना आश्रितलाई भोजन प्रदान गरेको हो।

कार्यक्रममा सम्बोधन गर्दै वडा नं. १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी मगरले मोतीपुर मगर महिला समूहले गरेको कार्यलाई उदाहरणीय मानवसेवा को रूपमा व्याख्या गर्नुभयो। उहाँले देउसी–भैलो जस्तो सांस्कृतिक परम्पराबाट संकलित रकमलाई अभावग्रस्त र असहाय नागरिकको सेवामा प्रयोग गर्नु अत्यन्त प्रशंसनीय कदम भएको बताउँदै यसले समुदायमा सकारात्मक संदेश प्रसारण हुने र आपसी एकता थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

यसै अवसरमा नेपाल अपाङ्ग आश्रमका संरक्षक तथा अध्यक्ष डोलबहादुर रामदानले हाल आश्रममा ४४ जना आश्रित बसोबास गर्दै आएको र विभिन्न सामाजिक संघ–संस्थाको सहयोगमा आश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले सहयोग प्रदान गरेबापत मोतीपुर मगर महिला समूहलाई हार्दिक धन्यवादसमेत ब्यक्त गर्नुभयो।

मोतीपुर मगर महिला समूहकी अध्यक्ष हिमकुमारी थापाको अध्यक्षता र सचिव सुनिता रासकोटीको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रम्मा थापा, कोषाध्यक्ष झरना सूर्यवंशी, सहसचिव लीला रासकोटी, सदस्य पुष्पा राना, बसन्ती थापा, सल्लाहकार चित्रमाया राना, ओमबहादुर शृस, सोरठी गुरु छवि रासकोटी, नारायण सूर्यवंशी लगायतको उपस्थिति रहेको थियो।

सामाजिक कार्यमा निरन्तर सक्रिय मोतीपुर मगर महिला समूहले देउसी–भैलोबाट संकलित रकमलाई सामाजिक सेवामा उपयोग गर्दै आश्रममा रहेका अपाङ्ग तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्ने कार्य निरन्तर रहने जनाएको छ।

प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij