नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी अख्तियारकाे नियन्त्रणमा

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी अख्तियारकाे नियन्त्रणमा

काठमाडौँ,

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको हो ।

बुधबार अख्तियारमा उनीहरूको तारेख थियो ।

उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ ।

भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अख्तियारले उनिहरूमाथी अनुसन्धान गरिरहेको थियो ।

अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गर्ने तयारी गरेको हो ।

यसअघि तारेखमा राखेर अनुसन्धान गरिरहेको अख्तियारले अधिकारी र भण्डारीलाई बुधबार पक्राउ गरेर आरोप पत्रसहित विशेष अदालतमा उपस्थित गराएको छ । अदालतले अनुमति दिए उनीहरूलाई हिरासतमा राखेर मुद्दाको थुनछेक प्रक्रियाअघि बढ्ने छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij