स्थानीयकाे बिराेधका बाबजुद लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

स्थानीयकाे बिराेधका बाबजुद लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

बुटवल

स्थानीयकाे बिराेधका बाबजुद लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

तत्कालीन मुख्य सचिव एकनारायण अर्यालले मन्त्रिपरिषद्काे निर्णय प्रमाणीकरण नगरेपछि ढिलो नियुक्ति पाएका लुम्बिनी विकास कोष सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका हुन् ।

श्रेष्ठले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा हाजिरी गरेर पदभार ग्रहण गरेका हुन् । तत्कालीन मुख्य सचिव अर्यालले निर्णय प्रमाणीकरण नगरेपछि कानुनी मान्यता नपाउँदा फेरि मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेपछि बुधबार पदभार ग्रहण गरेका हुन् ।

गत मंसिर ४ गतेकै क्याबिनेट बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उनले राजीनामा दिएर कोष सदस्य सचिव बनेका हुन् । पदभार ग्रहण गर्दै उनलेे लुम्बिनीलाई उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन योजनावद्व रूपमा काम गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् ।

लामो समयदेखि अधुरो रहेको लुम्बिनी विकास गुरुयोजना पूरा गर्ने तर्फ ध्यान केन्द्रित गर्ने भन्दै उनलेे ‘स्थानीयको भावना र चाहनालाई प्राथमिकता दिने बताएका छन् ।

लुम्बिनीका केही स्थानीय बासिन्दाले भने लुम्बिनी विकास काेषकाे पदाधिकारी स्थानीय र बिषय विज्ञ हुनुपर्ने माग गर्दै सदस्य सचिव नियुक्तिको बिराेध गर्दै आएका थिए ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij