नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी

काठमाडौं , नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मूल्य तीन हजार ५५५ निर्धारण भएको छ।

हिजोको तुलनामा सुन ९०० र चाँदी ७० रुपैयाँ घटेको हो। हिजो सुन दुई लाख ५३ हजार ३०० र चाँदी प्रतितोला तीन हजार ६२५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij