मधेशमा मुख्यमन्त्री र तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री र तीन जना मन्त्रीको शपथ

???????? ????????? ??????, ?? ??????? ???? ?????? ???????? ?????????? ?? ?????? ??????????? ?????? ????? ???????? ??????????? ???? ?????? ?????? ????????? ??? ?????? ???? ?????? ??????? ????????? ???????????? ??????????? ??????? ???????? ???????????? ??????? ????? ?????÷????

काठमाण्डाै – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष शपथ ग्रहण गर्नुभयो । यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गर्नुभएको हो ।

 

नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको शपथ लिनुभयो । विश्वासकाे मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गो लगाउने सरकारको तयारी छ ।

 

यादव गएको शुक्रवार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसैबीच नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते अर्थात् आउँदो बुधवार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

 

आज बसेको सत्तापक्षीय सात दलीय गठबन्धनकाे बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो

प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij