रोट्याक्ट क्लब अफ बुटवलद्वारा कालिका क्याम्पसलाई सेनेटरी प्याड मेशिन हस्तान्तरण

रोट्याक्ट क्लब अफ बुटवलद्वारा कालिका क्याम्पसलाई सेनेटरी प्याड मेशिन हस्तान्तरण

बुटवल
रोट्याक्ट क्लव अफ बुटवलले महिलाको स्वास्थ्य र स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलस्थित कालिका क्याम्पसलाई सेनेटरी प्याड मेसिन हस्तान्तरण गरेको छ ।क्याम्पसको वार्षिक उत्सवको पूर्व संध्यामा क्लबको नारी प्रोजेक्ट अन्र्तगतको सामाजिक सेवा परियोजनाअन्तर्गत मंगलवार एक विशेष कार्यक्रमका बीच क्याम्पस प्रशासनलाई औपचारिक रूपमा उक्त मेसिन हस्तान्तरण गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले क्लवले विभिन्न ४ वटा क्षेत्रका काम गदै आएको बताउनु भयो । क्याम्पसमा अध्ययनरत महिलाहरूका लागि सुरक्षित र सहज रुपमा सेनेटरी प्याड उपलब्ध गराउने उद्देश्यले क्लबले यो पहल थालेको बताउनु भयो । अध्यक्ष पराजुलीले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक धर्मसम्बन्धी सकारात्मक वातावरण निर्माणमा मेसिनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयोे।
कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले रोट्याक्ट क्लबको योगदानप्रति धन्यवाद व्यक्त गर्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि यो मेसिन निकै उपयोगी हुने बताउनु भयो। उहांले क्याम्पसमा यस अघि नै उक्त मेशिन रहेकोमा हाल विग्रीएको समयमा क्लवले मेशिन सहयोग गरेकोमा क्याम्पसको सरसफाइ र स्वास्थ्य सचेतना अभियानलाई थप बल पु¥र्याको बताउनु भयो । मेशिन हस्तान्त्तरण समारोहमा क्लवका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रेसिडेन्ट ईलेक्टेट कृष्ण प्रसाद बस्याल, सचिव चिरन्जिवी गैरे, प्रेसिडेन्ट नोमिनी भेषराज पोखरेल कार्यक्रम संयोजक कोपिल ढकाल लगायतको सहभागिता रहेको क्लवका कोषाध्यक्ष अजय कुमार यादवले बताउनु भयो ।कार्यक्रममा क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो। रोट्याक्ट क्लब अफ बुटवलले आगामी दिनमा पनि यस्ता सामाजिक सेवा तथा स्वास्थ्यसम्बन्धी परियोजनालाई निरन्तरता दिने बताएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij