काठमाण्डौ – अस्ति बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने खुला रहने भएको छ ।
नेकपा एमाले को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा आवतजावत खुलाइएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले दुई दिनका लागि सडक बन्द नगरिने जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिनुभयो ।
पुस १ गतेसम्म नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक आवागमन बन्द गरेर सडक स्तरोन्नति गर्ने कार्यतालिका छ । सडक विभागले काठमाण्डौ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्त्वका साथ अघि बढाएको
प्रकाशित मिति : शुक्रबार, मंसिर २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्