वैदेशिक रोजगारीमा रहेकामध्ये धेरैमा मतदानको इच्छा

वैदेशिक रोजगारीमा रहेकामध्ये धेरैमा मतदानको इच्छा

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमध्ये धेरैजसोले चुनावमा मतदान गर्न चाहेको बताएका छन् । कानून तथा सामाजिक न्यायका लागि नीति मञ्च ९ल्याप्सोज० र श्रमिक सञ्जाल काठमाण्डौले गरेको आउट अफ कन्ट्री भोटिङु सम्बन्धी धारणा सर्वेक्षणमा ६० प्रतिशतभन्दा धेरैले मतदानको इच्छा व्यक्त गरेका छन् ।

आज सार्वजनिक प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी ६ हजार ४८५ नेपाली श्रमिकमध्ये ६१ प्रतिशत पुरुष र ६८ प्रतिशत महिलाले मतदान गर्ने इच्छा व्यक्त गरेका हुन् ।

यस्तै सर्वेक्षणमा सहभागीमध्ये ९४ प्रतिशतभन्दा धेरैले देशबाहिरबाट मतादन गर्न पाउनु लोकतन्त्रको अनिवार्य अङ्ग भएको बताएका प्रतिवेदनमा भनिएको छ ।

साउदी अरब, कुवेत, मलेशिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, ओमान र बहराइनमा कार्यरत नेपाली श्रमिकलाई समेटिएको सर्वेक्षण सन् २०२४ को जुलाई १४ देखि सेप्टेम्बर ७ तारिखसम्म भएको हो ।

धेरैजसो श्रमिकले सङ्घीय संसद्को प्रत्यक्ष निर्वाचन प्रणालीलाई प्राथमिकता दिएका छन् । मतदान विधिमा इलेक्ट्रोनिक वा इन्टरनेट भोटिङ सबैभन्दा बढी रोजाइमा परेको छ । दूतावासमार्फत प्रत्यक्ष मतदान दोस्रो विकल्पका रूपमा देखिएको छ । हुलाकमार्फत मतदान सबैभन्दा कम रुचाइएको विधि हो ।

 

प्रकाशित मिति : बिहिबार, पुष ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij