लायन्स क्लब अफ बुटवल सिद्धबाबाद्वारा बृहत् रक्तदान :६५ युनिट रगत संकलन

लायन्स क्लब अफ बुटवल सिद्धबाबाद्वारा बृहत् रक्तदान :६५ युनिट रगत संकलन

 

बुटवल – लायन्स क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देविनगरमा बृहत् रक्तदान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। क्लबका २०२५र२६ का अध्यक्ष भुमि प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६५ युनिट रगत संकलन तथा डोनरहरुलाईन्यानो कपडा वितरण र प्रमाणपत्रले सम्मान गरिएको क्लबले जानकारी दिएको छ।

May be an image of text

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पि’ नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन बालाराम भट्टराईले क्लबले सदस्यता विस्तारसँगै सामाजिक सेवामा उत्कृष्ट काम गर्दै आएको बताए। उनले क्लबलाई अनुशासित र उदाहरणीय रुपमा अगाडि बढ्दै गएको भन्दै थप प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। उनले लायन्स क्लब अफ बुटवल सिद्धबाबा र अध्यक्षको कामको प्रसंसा गर्दे डिस्ट्रिक्टको एकअब्बल क्लबको रुपमा यो क्लब खडा हुन लागेको बताएका थिए ।

May be an image of one or more people and text that says 'LIONSINTERNATIONAL 2025 CONATIONAL LIONS AREA Grand BLOOD DONATION PROGRAM Date: BLOODDONATIONPROGRAM 300 Saturday Saturday Organieedby: verje 질~11, Rupandehi LIONS OFBUTWAL CHOPWELL SIDDIARABA ABA .ા जिक แค้าอูงคตล ALANGAA ALEN 원하'

विशिष्ट अतिथी इमिडेट पास्ट गभरनर एमजेएफ ला पुरुसोत्तमभक्त  प्रधानाङ्गले डिस्ट्रिक्टले दिएको जिम्मेवारी निर्वाह गर्दै क्लबले अनुकरणीय काम गर्दै आएको उल्लेख गरे। उनले सामाजिक सेवामा निरन्तर सक्रिय रहन क्लब तथा सदस्यहरुलाई आग्रह गरे।

May be an image of one or more people and text

कार्यक्रममा डिस्ट्रिक ३२५ ‘पि’ नेपालका डिस्ट्रिक्ट चिफ एडभाइजर तथा क्लबका पूर्व अध्यक्ष लायन टंक प्रसाद गैरे, एरिया ट्रेजर महेश न्यौपाने, रिजन चेयरपर्सन लायन ओमबहादुर थापा, जोन चेयरपर्सन तथा क्लबका पूर्व अध्यक्ष लायन नारायण तिवारी, संस्थापक अध्यक्ष लायन रामप्रसाद बन्जाडे, निवर्तमान अध्यक्ष लायन सिताराम रसाइली, कार्यक्रम संयोजक लायन कृष्णप्रसाद न्यौपानेलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

May be an image of one or more people and text

कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन तुल्सीप्रसाद न्यौपानेले गर्नुभएको थियो। नयाँ सदस्य ला.लक्ष्मण पोखरेललाई ‘ब्लड किट’ हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा ११ जना नयाँ सदस्य थप गरिएको क्लबले जनाएको छ। न्यानो कपडाको स्पोन्सर चपवेल किचन एण्ड होटलइक्युपमेन्ट्स प्रा.ली मिलनचोक रहेको थियो।

May be an image of one or more people and text
कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष ला.भुमि प्रसाद सापकोटाले सामाजिक सेवा अभियान अन्तर्गत आगामी चरणमा महिलाको स्वास्थ्य, पाठेघर परीक्षण लगायत थप जनकल्याणकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।उनले आगामी दिनमा क्लवलाई अब्बल बनाउन सामाजिक रुपमा अझ सशक्त भएर अगाडी बढ्ने बताए ।

May be an image of one or more people and text

May be an image of text that says 'σTιαna BLOOD DONATION PROGRAM Date: 20 Dec. 2025, Saturday Venue: Butwal-11, Devinagar Rupandeh Sponsored by: CHOp KATES Technical Support: Nepal Red Cross Cross Society ERVE SERVE rganized by: ONS CLUB OF BUTWAL OHABABA CBR Cи6.oT Burual Tilettumma 104757 O LEAD TS-HELPING TS-HELPINGHANDS HANDS'

प्रकाशित मिति : आइतबार, पुष ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij