पुरानो एक टैकर विस्थापित गर्दा नयां एक टैकर स्थापित गर्न व्यवसायीको माग

पुरानो एक टैकर विस्थापित गर्दा नयां एक टैकर स्थापित गर्न व्यवसायीको माग

तिलोत्तमा

पश्चिमाञ्चल टैकंर व्यवसायी संघको १७ औँ वार्षिक साधारण सभा बुधवार तिलोत्तमाको कुन्ज पार्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले ट्ैंकर व्यवसायीहरूले भोग्दै आएका समस्या, इन्धन ढुवानीको सुरक्षा, भाडादर, बीमा, चालकहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई व्यवस्थित बनाउने विषयमा जोड दिएका थिए। साथै, सरकारसँग सहकार्य गर्दै व्यवसायीको हकहित संरक्षणका लागि संघले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा संघका सल्लाहकार चोपनारायण श्रेठ, गाडी संचालन उपकमिटीका संयोजक प्रेम जिएमले व्यवसायीहरुले एक गाडी विस्थापित गर्दा नयां एक गाडी नै स्थापितको नियम बनाउन आयल निगमलाई सुझाव दिनु भएको थियो ।

त्यस्तै पेटोलिएम डिलर्स लुम्बिनीका अध्यक्ष प्रेम न्यौपाने र पश्चिमाञ्चल पेटोलिएम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेले नेपाल आयल निगम लुम्बिनी प्रादेशीक कार्यालयले गरेको कामको सराहना गदै व्यवसायीलाई थप राहात हुने गरी कार्य योजना ल्याउन सुझाव दिनु भएको थियो ।

कार्यक्रममा नेपाल आयल निगम लुम्बिनी प्रादेशीक कार्यालय भलवाडीका प्रमुख शैलेन्द्र भुसालले टैकर व्यवसायीहरु, चालक , डिलरहरुलाई फाइदा र कसरी उहांहरुको व्यवसायको संरक्षणका लागि निगम सधै गम्भिर रहेको धारणा राख्नु भयो । प्रमुख भुसालले वयवसायीहरुले भने जस्तै गरी एक गाडी विस्थापित एक स्थापित गर्दा पनि निगमलाई समस्या नभएपनि भारतबाट आयात हुने पटोलियम पदार्थको पाईपलाईनका कारण व्यवसायीहरुको गाडीले काम नपाउने हुन कि भनेर पहिलानै सजक भएको औल्याउनु भयो ।

संघका अध्यक्ष राकेश कुमार कशौधनको अध्यक्षतामा सम्पन्न सभाले विगत आर्थिक वर्षको प्रगति समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नीति–कार्यक्रम पारित गरेको महासचिव भुपराज अर्यालले बताउनु भयो । साधारण सभामा संघका महासचिवअर्यालले वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सभाले दुवै प्रतिवेदनमाथि छलफल गरि सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने व्यवसायी , चालक तथा सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित मिति : बुधबार, पुष ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij