ईशान मृत्यु प्रकरण : वास्तविक दोषी पत्ता लगाउन दवाव,जिल्ला प्रहरी घेराउ

ईशान मृत्यु प्रकरण : वास्तविक दोषी पत्ता लगाउन दवाव,जिल्ला प्रहरी घेराउ

भैरहवा, ईशान शर्माको मृत्युको कारण प्रहरीद्वारा सार्वजनिक गरिएको प्रतिवेदन विरुद्ध वास्तविक दोषी पत्ता लगाउन दवाव स्वरुप पिडितका आफन्त, छिमेकी र स्थानीयहरुले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत दवाव स्वरुप जुलुस सहित घेराउ गरेका छन।

मृतक ईशान शर्माका आफन्त, छिमेकी, छिमेकी र स्थानीयहरु मध्यान्न १२ बजे ईशानको घरमा जम्मा भई ईलाका प्रहरी कार्यालय रुद्रपुर हुदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर ईशानको घटनाको सत्य तथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दवाव दिन दिउँस २ बजेदेखि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा धर्ना सहित नारावाजी गरेका थिए।प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवलमा कञ्चन गाउँपालिकाका जनप्रतिनीधि र पिडितका आफन्तहरुको उपस्थितिमा ईशानको कुनै हत्याबाट नभई लु २ ख ४९४८ नम्वरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। ईशान शर्माको मृत्युबारे जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्की र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको संयुक्त कमाण्डमा अनुसन्धान भइरहेको छ।

तर उक्त प्रतिवेदन प्रति असहमती जनाउदै मृतक शर्माको आमा रमा शर्मा, बुवा अर्जुन शर्मा, ठूलो बुवा पुष्पराज शर्मा र दिदि सारिका, स्नेह शर्मा लगायत आफन्त र स्थानीयहरुले ईशानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रुपमा गरिएको हत्या भएको र वास्तविक दोषीलाई उन्मुक्ती दिन दमी दोषी खडा गरिएको भन्दै असहमती जनाएका छन।

पुस २ गते देखि परिवारसंग सम्पर्क विहिन भएका ईशान दुई दिन पछि असोज ३ गते घर नजिकैको नालीको ढकन मुनी टाउको पछाडी गम्भिर चोट सहित आँखा फोडिएको अवस्थामा मृत भेटिएका थिए।मृतक शर्माका बुवा अर्जुन शर्मा र आमा रमा शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बास्तबमा ून्याय मरेको देश रहेछ हाम्रो, छोरा इशान शर्माको हत्या प्रकरणलाई सडक दुर्घटना बनाउने प्रयास। यो निर्णयमा कुनैपनि हालतमा मान्य छैन ।ू भन्दै असहमती जनाउनु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही पुगेका पिडितका आफन्तहरुलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रुरुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सूरज कार्कीले अनुन्धानको क्रममा तीनजनालाई नियन्त्रणमा लिइ निजहरुमाथी अनुन्धान भइरहेको र अझै अन्तिम निष्कर्षमा नपुगिसकेको बताउदै अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको थियो।मृतक शर्माका ठूलो बुवा पुष्पराज शर्माले भने वास्तविक दोषी पत्ता नलगाएम्म छोराको शव नबुझ्ने तर अनुसन्धानका लागि प्रहरी प्रशासनलाई अन्तिम समयम्म ाथ दिइने समेत प्रतिवद्धता जनाउनु भएको छ

प्रकाशित मिति : सोमबार, पुष १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij