आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउंदै

आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउंदै

काठमाडौँ , गुरुङ समुदायले मंगलबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो।तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउने गर्छन्।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाइने विश्वास गरिन्छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।

तमु ल्होसारका अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : मंगलबार, पुष १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij