नवलपरासी , शीतका कारण दाउन्नेमा सडक चिप्लो हुँदा नारायणघाट–बुटवल सडक खण्ड प्रभावित भएको छ । गएको सोमवारदेखिको समस्याका कारण अहिले पनि कैयौं गाडी र यात्रुहरू बाटोमै फसेका छन् ।
शीतले पश्चिम नवलपरासीको दाउन्ने–खुर्सानी खोला क्षेत्रमा निर्माणाधीन सडक हिलाम्मे भएकाले गाडीहरू चिप्लिने र फस्ने समस्या आएको हो । राजमार्गमा लामो जाम भएकाले यात्रुहरूले सास्ती पाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबासको जङ्गलसम्मको जाममा झन्डै एक हजार पाँच सय गाडी फसेका छन् । सडक विभागको आयोजना निर्देशनालयले सूचना निकालेर यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
निर्देशनालयका अनुसार पूर्व–पश्चिम राजमार्ग हुँदै चल्ने गाडीका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै वा गैँडाकोटको कालीगण्डकी चोकबाट रामपुर–पीपलडाँडा हुँदै बुटवल निस्कने विकल्प छ ।
यस्तै काठमाण्डौबाट बर्दघाट पश्चिम र बुटवलबाट काठमाण्डौतर्फ जाने गाडीका लागि मुग्लिङ–पोखराको मार्ग विकल्पका रूपमा रहेको छ ।
प्रकाशित मिति : बुधबार, पुष १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्