काठमाडौँ -पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु. ४, डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले घटाइएको छ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्ताराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
साथै, एलपी. ग्याँसको मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 
प्रकाशित मिति : बुधबार, पुष १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्