बुटवल-नेपाली जुत्ता–चप्पलका आकर्षक तथा नवीन डिजाइनहरू एकै थलोमा अवलोकन र खरिद गर्न सकिने जुत्ता–चप्पल भेराइटी मेला बुटवलमा सुरु भएको छ। नेपाली जुत्ता घर बुटवलको आयोजनामा सुरु भएको यो मेला पौष २० गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलामा नेपालका ख्यातिप्राप्त तथा विश्वसनीय फुटवेयर ब्रान्डहरूको बृहत् प्रदर्शनी राखिएको छ। एकै स्थानमा पाँच हजारभन्दा बढी डिजाइनका जुत्ता र चप्पल अवलोकन गर्न सकिने भएकाले ग्राहकको आकर्षण बढेको छ। उद्योग र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेलाका सञ्चालक अविषेक पाण्डेले जानकारी दिनुभयो।
ग्राहकलाई थप आकर्षित गर्न मेलामा विशेष छुट योजना लागू गरिएको छ। जसअनुसार पाँच सय रुपैयाँमा एक जोडी जुत्ता, पाँच सय रुपैयाँमै दुई जोडी चप्पल, पाँच सय रुपैयाँमा तीन जोडी चप्पल तथा सात सय पचास रुपैयाँमा दुई जोडी जुत्ता खरिद गर्न सकिने व्यवस्था गरिएको छ। मेलामा प्रवेश पूर्ण रूपमा निःशुल्क रहेको आयोजकले जनाएको छ।
यसैगरी मेलामा सहभागी जुनसुकै नेपाली ब्रान्डका जुत्ता तथा चप्पल खरिद गर्दा २० देखि ५० प्रतिशतसम्मको छुट प्रदान गरिएको अर्का सञ्चालक अर्जुन खनालले बताउनुभयो।
मेला बुटवल उपमहानगरपालिका–११ अन्तर्गत नयाँमण्डीस्थित कालिकानगरमा सञ्चालन भइरहेको छ। मेलाले स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धन गर्नुका साथै उपभोक्तालाई गुणस्तरीय जुत्ता–चप्पल सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास आयोजक दामोदर न्यौपानेले व्यक्त गर्नुभयो।
प्रकाशित मिति : सोमबार, पुष २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्