कलाकार संघले मनायो अरनीको स्मृती दिवस : पत्रकार परियार सहित कलाकार सम्मानित

कलाकार संघले मनायो अरनीको स्मृती दिवस : पत्रकार परियार सहित कलाकार सम्मानित

बुटवल– नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीले राष्ट्रिय विभूती अरनी स्मृती  दिवस तथा आफ्नो ३१ औं स्थापना दिवस बुधबार मनाएको छ । बुटवल हिलपार्क डाँडामा रहेको राष्ट्रिय विभूति अरनीको मूर्तीमा माल्र्यापण गर्दै दिवस मनाउनुका साथै संघ स्थापना दिवसका अवसरमा अग्रज कलाकार, पत्रकार सम्मान सहित क्यानभासमा बुटवल कार्यक्रम गरी मनाएको हो । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको छ ।
उक्त अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरले ललितकला साहित्य प्रतिष्ठानको ऐन संशोधन गरी व्यवस्थित बनाउन नगरसभाले निर्णय गरेको बताए । उनले ललितकला, साहित्य, मूर्ती तथा कला क्षेत्रको विकासका लागि उपमहानगरले काम गर्न खोजेको बताए । उनले ललितकलाको क्षेत्रमा बजेट छुट्याएर कामहरु सुरुवात गरिएको तर, कतिपय अवस्थामा कानुनहरु बाधक रहेकाले त्यसका लागि संघले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नगरप्रमुख पाण्डेयले ललितकलाको क्षेत्रमा गर्न अझै धेरै बाँकी रहेको बताउँदै बुटवलको ऐतिहासिकता झल्काउन वाल पेन्टिङको कार्यक्रम गर्न लागिएको बताए ।‘तपाईहरुले पनि सुझाव दिनुपर्छ, मैलै सुरुमा पर्याप्त ध्यान दिन सकिनहोला, तर तपाईँहरुले भन्नुपर्छ’ नगरप्रमुख पाण्डेयले भने । उनले आफू ललितकला, चित्रकला, मूर्तीकलाको विकासका लागि सहयोग गर्न तत्तपर रहेको प्रतिबद्धता समेत जनाए ।
उक्त अवसरमा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलिप रसालीले कला सौन्दर्यका लागि बुटवल उपमहानगरसँग आफूहरुले सहकार्य थालेको बताए । उनले राष्ट्रिय विभूति अरनीको स्मृति दिवस र संघको स्थापना दिवस प्रत्येक वर्ष मनाउँदै आएकोमा यो पटकदेखि अग्रज कलाकार र पत्रकार सम्मानको कार्यक्रम सुरुवात गरिएको बताए ।
कार्यक्रममा हिलपार्क परिषदका उपाध्यक्ष बोनिन पियाले कला अदभूत क्षमता भएको बताउँदै हिलपार्कमा पनि त्यो कलाहरु देखिएको बताए । संघका उपाध्यक्ष सुमित्रा रानाले ललितकलाको विकासका लागि बुटवलमा कालिका मानवज्ञान माविमा कक्षा ११ र १२ मा फाईनआर्टको पढाई सुरु भएको बताउँदै यो पहलका लागि सबैलाई धन्यवाद दिईन ।
कलाकारहरुले वनभोजसँगै ‘क्यानभासमा बुटवल’ अन्तर्गत ऐतिहासिक चित्रहरु उतारिएको सहसचिव राजु खड्काले बताए ।
पत्रकार परियार सहित कलाकार सम्मानित  
सोही अवसर पारेर पत्रकार विनोद परियार सहित विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । ३१ औं दिवस तथा अरनीको स्मृती दिवसमा कला क्षेत्रको विकासमा पत्रकारिता क्षेत्रबाट योगदान गरेको भन्दै पत्रकार परियारलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले सम्मानपत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
परियारले बिशेषगरी चित्र, मूर्ती तथा विभिन्न आर्ट गर्ने कलाकारहरुको बिषयमा सञ्चारमाध्यममार्फत योगदान गरेको भन्दै सम्मान गरिएको संघ रुपन्देहीका अध्यक्ष रसालीले बताए । विगत दुई दशकदेखि बुटवल क्षेत्रमा क्रियाशिल पत्रकार परियार खस्यौली साप्ताहिक, रेडियो जागरणमा आबद्ध छन् ।
सोही अवसरमा २०३२ सालदेखि कलाक्षेत्रमा लागेका मन गोल्डीलाई अग्रज कलाकारको रुपमा सम्मान गरिएको छ । यसैगरी शिवजानकी कला पुरस्कारबाट कलाकार टिकाराम बलामी मगर पुरस्कृत भएका छन् । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार नगरप्रमुख पाण्डेय र पुरस्कारका संस्थापक राजकुमार लिगलले प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष एचवि रम्तेल, राष्ट्रिय-अन्तर्राष्ट्रिय कलाकार विके नरबहादुर, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यमबहादुर थापा, संघका निवर्तमान केन्द्रीय सहअध्यक्ष शान्तराम गिरी, केन्द्रीय सदस्य राजकुमार लिगल, संघका रुपन्देही सचिव फिलिप रोक्का सहित विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij