काठमाण्डाै – गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा चुनाव लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो ।
निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गर्नुभएको हो । स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागि प्रहरी भर्ना गरिनेछ ।
निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोतसमेत सुनिश्चित भएको गृह मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरीलाई पनि पहिलो पटक १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ ।
निर्वाचन प्रहरी भर्ना प्रक्रिया शुरू गर्ने गरि प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्नेछ ।
प्रकाशित मिति : बुधबार, पुष २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्