थारु माघी (खिचडी) महोत्सव २६ र २७ गते बुटवल रानीगञ्जमा हुने

थारु माघी (खिचडी) महोत्सव २६ र २७ गते बुटवल रानीगञ्जमा हुने

बुटवल- थारु समुदायको नयाँ वर्षको अवसरमा आयोजना गरिने थारु संवत् २६४५ औँ(माघी खिचडी) महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२ बुटवलको रानीगञ्जमा हुने भएको छ। महोत्सवको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

थारु कल्याणकारीणी सभा बुटवल नगर समिति, थारु समाज बुटवल तथा थारु संस्कृति संरक्षण समितिको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो। बुटवल उपमहानगरपालिकाका वडा नं। ११, १४, १५, १६, १७, १८ र १९ को सहकार्यमा कार्यक्रम आयोजना गरिन लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारीणी सभा बुटवल नगर समितिका अध्यक्ष कृष्णबहादुर  चौधरीले थारु भाषा, कला–संस्कृति, भेषभूषा, खानपान, नाचगान तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो।

महोत्सवमा थारु नाचगान, सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा, खानपान, हस्तकला प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सवले थारु समुदायबीच सामाजिक सद्भाव बढाउने, युवालाई संस्कृति संरक्षणतर्फ प्रेरित गर्ने तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको  चौधरीले जानकारी दिनुभयो।“माघी थारु समुदायको मौलिक पर्व हो। यसलाई पुस्तान्तरण गर्दै राष्ट्रियस्तरसम्म प्रवर्द्धन गर्नु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

महोत्सवमा १२ वटा स्टल रहने जनाइएको छ। महोत्सव पौष २६ गते शनिबार रक्तदान कार्यक्रम तथा खेलकुद प्रतियोगितासँगै सुरु हुनेछ। सो दिन पुरुषतर्फ धोती दौड, कुर्ची दौड, रस्साकस्सी तथा महिलातर्फ ढकिया दौड प्रतियोगिता सञ्चालन गरिने थारु समाज बुटवलका उपाध्यक्ष एवं रक्तदान कार्यक्रम संयोजक कृष्णप्रसाद चौधरीले जानकारी दिनुभयो।

पौष २७ गते आइतबार मूल माघी (खिचडी) महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रम बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जस्थित गौरव युवा क्लबको  खेल मैदान मा बिहान ७ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका केन्द्रीय तथा जिल्ला पदाधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सामाजिक अगुवा, कलाकार तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।

पत्रकार सम्मेलन थारु समाज बुटवलका अध्यक्ष ओमप्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन लक्ष्मण चौधरीले गर्नुभएको हो।

प्रकाशित मिति : बिहिबार, पुष २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij