पाल्पामा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गयो दुई जना घाइते

पाल्पामा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गयो दुई जना घाइते

पाल्पा , रामपुर नगरपालिका ८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

रामपुरबाट भुजातर्फ जाँदै गरेको लु२०प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु६८प ८८०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर हिजो बेलुका दुर्घटना भएको हो । दुर्घटनामा परी लु६८प ८८०० का चालक रामपुर नगरपालिका ८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका ८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij