पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो । मृतकको ठेगाना भने खुलेको छैन । मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुनसकेको छैन । गाडीमा अरु पनि सवार थिए÷थिएन् भन्ने कुरा खुल्न नसकेको छैन । घटनास्थलमा खोला र झाँडी भएकाले खोजीकार्य भइरहेको छ ।
टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको हो । नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर बिहान ४ः०० बजे दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । बिहानै अँध्यारो भएकाले अनुसन्धानमा कठिनाइ भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, पुष ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्