गगन थापा नेतृत्वको नेपाली कांग्रेस आधिकारिक : निर्वाचन आयोग

गगन थापा नेतृत्वको नेपाली कांग्रेस आधिकारिक : निर्वाचन आयोग

काठमाण्डौ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

सभापति चयन भएसँगै गगन थापा नेतृत्वको टोली आधिकारिकता दाबी गर्दै हिजो निर्वाचन आयोग पुगेको थियो । यस्तै आज शेरबहादुर देउवा पक्ष आफूहरू आधिकारिक दाबी गर्दै आयोग पुगेको थियो । आयोगले दुवै पक्षको कागजात अध्ययन गरेर गगन थापा नेतृत्वको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

गगन पक्षले आधिकारिकता पाएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरिरहेका छन् ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । योसँगै अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन पक्षकै  हुने भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, माघ २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij