काठमाडौँ , तामाङ समुदायले सोमबार सोनम ल्होसार मनाउँदैछ। २८६२ औं ल्होसार मनाउन लागेको हो। पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष शुरु भएको हो ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकोअनुसन्धाता टीका शेर्पाले बताए। उनका अनुसार सोनम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।
तामाङसहित हिमाली बौद्ध समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउने गर्छन्। नयाँ वर्षको पहिलो दिन घरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद थाप्ने, शुभकामना आदान प्रदान गर्ने तथा तरुल तथा फापरका विभिन्न परिकार खाने चलन छ।
ल्होसारको अवसरमा आज बिभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ।
सोनम ल्होसारका अवसरमा सोमबार देशभर सार्वजनिक बिदा छ।
प्रकाशित मिति : सोमबार, माघ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्