बुटवलउपमहानगरको स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाई

बुटवलउपमहानगरको स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाई

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय तथा उपप्रमुख सावित्रादेवी अर्याल शहर सरसफाइको अभियानमा जुटेका छन् । उपमहानगरको ६७ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाई अभियान अन्तरगत विभिन्न शैक्षिक संस्थाका युवा विद्यार्थी, सामाजिक संघ-संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा कर्मचारीहरुको हुलसहित प्रमुख–उपप्रमुख पनि सफाई अभियानमा जुटेका हुन् ।

उपमहानगरले स्थापनाको पूर्वसन्ध्यामा माघ २५ देखि फागुन २ गतेसम्म आयोजना गरेको साताव्यापी सरसफाई अभियान अन्तरगत दोस्रो सोमबार बुटवलको योगीकुटीदेखि सडक सफाई गरिएको छ । एकाविहानै झाडु लिएर सडकमा पुगेका नगर प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई औपचारिक कार्यक्रममा सीमित गर्न नहुने बताए । प्रमुख पाण्डेले सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन आग्रह गर्दै अभियानमा सहभागी सबैलाई धन्यवादसमेत व्यक्त गरे।

यसैगरी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वच्छ र हरियाली शहरको रुपमा बिकास गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । नियमित सरसफाइ अभियानमार्फत बुटवललाई सफा, स्वस्थ र आकर्षक शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उनले बताइन् ।

स्वच्छ, सुन्दर र व्यवस्थित शहर निर्माणको लक्ष्यसहित बुटवलमा बृहत् सरसफाइ अभियान सुरु गरिएको हो । सोमबार बुटवलको योगीकुटीदेखि कालिका स्कुलसम्म आयोजना गरिएको सफाई अभियानमा कालिका मानवज्ञान माविका विद्यार्थी, विभिन्न टोल बिकास संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । यसैगरी अभियानको पहिलो दिन आइतबार बुटवलको नयाँ बसपार्क क्षेत्रबाट प्रारम्भ गरिएको अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी सहभागी थिए । यसैगरी पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का कर्मचारी, विभिन्न टोल विकास समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो

फागुन २ गतेसम्म यसैगरी हरेक दिन विहान शहर सफाई अभियान जारी रहने भएको छ ।

प्रकाशित मिति : सोमबार, माघ २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij