तिलोत्तमा, शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १२ को छनौट कार्यक्रम आज सम्पन्न भयो ।
नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा। वि। तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको संस्थाले जानकारी दिएको छ ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सहदेव थारुले पञ्चसूत्रीय योजना सहित शुभयात्रा नेपालले अंगीकार गरेका आफ्ना वडाका समस्या र सम्भावनाको वक्तृत्वकला प्रतियोगिताको प्रशंसा गर्नुभयो ।
शुभयात्रा नेपाल मक्रहर समितिका संयोजक अनिता बराल अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका संयोजक चन्द्रकान्त पराजुली जानकारी दिनुभयो ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै जनता मा।वि का निखिल जैसीले नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको निर्णायक मण्डलका संदस्य केशव न्यौपानेले बताउनुभयो । त्यस्तै, प्रतियोगितामा दोस्रो हुने केषिका जैसी र तेस्रो हुने आयुष्का खत्री पुरस्कृत हुनुभएको निर्णायक मण्डलका सदस्य मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।
जनता मा।वि।मा।को हलमा अतिता बरालको सभापतित्व, कार्यालय ब्यवस्थापक खिम कुमारी बस्यालको सञ्चालन र समितिका संयोजक अनिता बरालको स्वागतमा भएको कार्यक्रममा वडा सदस्य यम प्रसाद पोखरेल, वाल संजाल सहजकर्ता राधिका खत्री, शुभयात्रा नेपालका नगर संयोजक ईश्वरी प्रसाद पाण्डे, जनता मा।वि।का प्र।अ।शालिक राम खनाल सामाजिक ब्यक्तित्व तुल्सि देवी थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्