जसपा र आजपाको चुनावी घोषणापत्र सार्वजनिक

जसपा र आजपाको चुनावी घोषणापत्र सार्वजनिक

काठमाण्डाै – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जसपा र आजपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितका केही दलले पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको घोषणापत्र सार्वजनिक हुन बाँकी नै छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज काठमाण्डौमा भएको कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

जसपा नेपालले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने योजना अघि सारेको छ । वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, यान्त्रिकीकरण, भर्टिकल फार्मिङमार्फत् आउँदो ५ वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने, न्यूनतम समर्थन मूल्य र बजार सुनिश्चितता, बाली बीमा र सस्तो कृषि ऋण उपलब्ध गराउनेलगायत प्रतिबद्धता समेटिएको छ ।

त्यस्तै आजपाले आफ्नो चुनावी घोषणामा निःशुल्क आधारभूत सेवासहित व्यापक सुधार, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij