उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री पौडेलसमक्ष चिन्ता व्यक्त

उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री पौडेलसमक्ष चिन्ता व्यक्त

बुटवल । बुटवलका उद्योगी तथा व्यवसायीहरुले यहाँको भविष्य बारे पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष चिन्ता व्यक्त गरेका छन् । पूरानो बुटवल बजारलाई गुल्जार बनाउँदै पुन: जीवन दिने र अमरपथ, हाटबजार लाइन लगायत अहिलेको बजार क्षेत्रलाई व्यवस्थित बनाउने गरि आगामी दिनमा योजना निर्माण गरि अघि बढ्न  व्यवसायीहरुलेसुझाब प्रस्तुत गरेका छन् ।

यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार समेत रहेका पौडेल समक्ष व्यवसायीहरुले यहाँको आधुनिक बिकास तथा निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने गरि नीति निर्माणमा लाग्न आग्रह गरेका हुन् । पटक-पटक यस क्षेत्रबाट निर्वाचित हुँदै आएका पौडेलले रुपन्देहीको समग्र बिकास निर्माणमा खेलेको भूमिकाप्रति प्रशङ्सा व्यक्त गर्दै उनीहरुले निजी क्षेत्रले सधै साथ दिने प्रतिवद्धता समेत गरेका छन् । बुटवल बजार क्षेत्रका करिव २ सय जना उद्योगी व्यवसायीहरु उपस्थित कार्यक्रममा अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थललाई नियमित सञ्चालन, नेपाल-भारत खुला सीमानालाई व्यवस्थित गर्ने, बुटवल बजारमा पार्किङ समस्या, व्यवस्थित कर प्रणाली लगायतका विषयमा सुझाब प्रस्तुत गरेका थिए

सो अवसरमा बोल्दै पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलसँगै समग्र रुपन्देहीको बिकासका लागि आफू निजीक्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सधै तत्पर रहेको बताए । यहाँ निर्माण भएका तथा निर्माणाधिन योजनाहरुको नियमित सञ्चालन गरी बुटवललाई आर्थिक केन्द्रको रुपमा बिकास गर्ने योजना प्रस्तुत गरे । बुटवलको पार्किङ समस्यालाई समाधान गर्नका लागि अण्डर ग्राउण्डसहितको बहुतले भवन निर्माण, तिनाउ पुलमा सिग्नेचर ब्रिज निर्माण गरि पर्यटकीय हबको रुपमा बिकास गर्ने, बुटवल र सैनामैनाको सीमाना करसाघाट नजिकै मुलुककै ठूलो कृषि उपज तथा थोक बजार केन्द्र स्थापना गरि स्वदेशी उत्पादनको प्रवर्द्धन तथा विदेश निर्यातको प्रवन्ध गर्ने लगायतका योजनाहरु अघि बढाएर सम्पन्न गर्नेमा ध्यान केन्द्रित भएको उनले बताए । समग्र मेलुकको आर्थिक बिकासका लागि बलियो र स्थायी सरकार निर्माण गरि नीतिगत व्यवस्थामा व्यापक सुधारको खाँचो रहेको उनले बताए । आफू अर्थमन्त्री रहँदा धेरै सुधार तथा असल अभ्यासको प्रयास गरेपनि अस्थिर राजनीतिसँगै सरकार फेरबदल भैरहने प्रवृत्तिले अपेक्षित सफता हात पार्न नसकिएको स्वीकार गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेद्वार तथा उद्योगी एजाज आलमले रुपन्देही बिकासका लागि एमाले उम्मेद्वार विष्णु पौडेलको जित आवश्यक रहेको बताउँदै सम्पूर्ण निजी क्षेत्र एक भएर उभिन आह्वान गरे ।  उद्योगी अजयमान श्रेष्ठको सञ्चालमा सञ्चालमा भएको कार्यक्रममा व्यवसायीहरुले आफ्ना गुनासा तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij