आज प्रणय दिवस : साढे चार लाख गुलाफ फूलको कारोबार हुने अनुमान

आज प्रणय दिवस : साढे चार लाख गुलाफ फूलको कारोबार हुने अनुमान

काठमाण्डौ – आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

पश्चिमी देशहरुमा मनाउने गरिएको प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले शहरबजारमा मात्रै नभएर गाउँघरमा पनि प्रणय दिवसको चर्चा हुन थालेको छ ।

आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गरिने भएकाले ती बस्तुको कारोबार उच्च हुन्छ । भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

सप्ताहभर मनाउने यो दिवसको अवसरमा नेपालमा झन्डै साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने व्यवसायीको अनुमान छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार मागको ३० प्रतिशत मात्रै स्वदेशी उत्पादन छ । अरु ७० प्रतिशत आयातमा निर्भर छ । अपुग गुलाफ भारतबाट आयात हुने गरेको फ्यानमा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij