रुपन्देही एकको विकासकालागि खत्रीको विकल्प छैन : रज्जाक

रुपन्देही एकको विकासकालागि खत्रीको विकल्प छैन : रज्जाक

 

तिलोत्तमा/बुटवल ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले रुपन्देही क्षेत्र नम्बर १ को विकासकालागि हिराबहादुर खत्रीको विकल्प नभएको बताउनुभएको छ । उहाँले क्षेत्रनम्बर एकका काँग्रेस सभापति समेत रहेका खत्रीले क्षेत्रनम्बर एकका विकासका आधारहरुको बारेमा ज्ञान रहेकाले खत्रीको विकल्न नभएको बताउनुभयो । रुपन्देहीको तिलोत्तमा–७ मा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै केन्द्रीय सदस्य रज्जाकले देवदह नगरपालिकाका पुर्व मेयर समेत रहेका खत्रीले विकासका आधारको पहिचान गरेकाले विकासकालागि खत्रीले जित्नु पर्ने धारणा राख्नुभयो । उहाँले काँग्रेस समयसँग बदलिएकाले बदलिएको काँग्रेसले मुलुकको परिवर्तन गरेर जनचाहना अनुसार विकास र पुर्वाधारका योजनाहरु अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विकास र समृद्धिकालागि काँग्रेस एक मात्र पार्टी भएको बताउनुभयो । उहाँले काँग्रेस सबै खाले परिवर्तनको साक्षी रहेकाले नवयुवाले चाहेको परिवर्तनका पक्षमा रहेकाले युग अनुसारको विकासकालागि योजनावद्ध तरिकाले काँग्रेसले कार्यक्रम र योजना बनाउने बताउनुभयो । कार्यक्रममा काँग्रेसको तर्फदेखि रुपन्देही क्षेत्रनम्बर १ का उम्मेद्वार हिराबहादुर खत्रीले आफ्‌नो क्षेत्रको विकासकालागि उचित भिजन र योजना रहेको बताउनुभयो । उहाँले अरुको आलोचना र टिप्पणी भन्दापनि क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने चिन्ता र चासोका साथमा जनचाहना बुझ्‌दै घरदैलोमा हिडेको बताउनुभयो । उहाँले क्षेत्रनम्बर एकमा रहेका सबैखाले सम्भावनाको खोजी गरेर विकासकालागि आफुले काम गर्ने र त्यो अवसर दिन आम मतदातासँग आग्रह गर्नुभयो । कार्यक्रम दिनमणी पंगेनीको सभापतित्वमा भएको नेतृ गंगा शाही, जिल्ला सहसचिव बासुदेव रिमाल, पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादवलगायतले खत्रीको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij