समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री 

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री 

 

देवदह रुपन्देही क्षेत्रनम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले महिलालाई घरमै बसेर कमाउन सक्ने बनाउने योजना ल्याउन आवश्यक भएको बताउनु भएको छ । अझै पनि ग्रामिण क्षेत्रका महिलाहरु घरमै बसेर घरको कामकाजमै समय बिताउने गरेको उल्लेख गर्दै घर यसै बसेर समय बिताउने महिलाहरुलाई थोरै भएपनि घरमै बसेर आत्मनिर्भर हुने योजना ल्याउने बताउनुभयो । रुपन्देही क्षेत्रनम्बर एक अन्तरगतका दक्षिणी भेगका पालिकाहरुमा सोमबार घरदैलोसँगै सुझाव संकलन तथा संवाद गर्नु भएका उम्मेद्वार खत्रीले महिलालाई आत्मनिर्भर र आर्थिकोपार्जनमा अब्बल बनाउने गरि योजना बनाएको बताउनुभयो । महिलालाई सीपसँग जोडेर उनीहरुलाई घरमै बसेर पनि आत्मनिर्भर बनाउनु अहिलेको आवश्यकता भएको बताउँदै उम्मेद्वार खत्रीले सानो–सानो सीप र इलम सिकाएर आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउने बताउनुभयो । समृद्ध नेपालीका लागि र मुलुकको विकासकालागि पनि पहिले महिलाको जीवनस्तर उकास्न जरुरी रहेको भनाइ राख्नु भएका खत्रीले महिला सशक्तिकण र आत्मनिर्भरताको पक्षमा आफुले सदनमा बहस गर्ने विश्वास ब्यक्त गर्नुभयो । क्षेत्रनम्बर एकका देवदह, तिलोत्तमा, रोहिणी र ओम सतियाका विभिन्न वडामा दैनिक घरदैलो गर्नु भएका खत्रीले मतदातासँगको आवश्यकता, सुझाव र जिज्ञासा संकलन गर्दै हिड्नु भएको निर्वाचन परिचालन समिति संयोजक हरि काफ्लेले जानकारी दिनुभयो । घरदैलो कार्यक्रममा सुशासन, विकास निर्माण, कृषिको आधुनिकिकरण, युवालाई रोजगारलगायतका विषयहरुलाई आम मतदाताले उम्मेदवार खत्री समक्ष राखेको संयोजक काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij