मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेको हो ।

शुक्रबार आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई सो सम्बन्धमा पत्राचार गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले पठाएको पत्रमा मतदानका दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने उपचारका लागि प्राथमिक उपचार सेवाको व्यवस्था गर्न भनेको

त्यस्तै, आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राख्न आयोगले पत्राचार गरेको हो। यससँगै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पनि आयोगले आग्रह गरेको छ। सभाको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता मतदानमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij