प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ। रास्वपाले १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ ।

यसैगरी नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रस्थानमा रहेको छ । नेकपा (एमाले) ले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ र एक क्षेत्रमा अग्रता बनाएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ७ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिटमा विजय हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले पनि एक-एक सिट जितेका छन् ।

 

यसबीच धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सम्पन्न भइसके पनि अन्तिम परिणाम भने अझै घोषणा गरिएको छैन ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij