रुपन्देहीमा काँग्रेस एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

रुपन्देहीमा काँग्रेस एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

बुटवल । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ रुपन्देहीमा नेपाली काँग्रेस तथा नेकपा एमालेसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १४३ जनाको जमानत जफत भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लिनस्विप गर्दा एमाले–काँग्रेसका चर्चित अनुहारले समेत जमानत जोगाउन नसकेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेकपा एमालेका चर्चित नेता बासुदेव घिमिरेको समेत जमानत जफत भएको छ । मुलुक संघीयतामा गएपछि तिलोत्तमा नगरपालिकाको नगर प्रमुख भएर देशकै नमुना पालिका बनाएका घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । यसअघि रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका घिमिरेले आफ्नो चर्चित पहिचानका बाबजुद पनि अपेक्षित मत प्राप्त गर्न सकेनन् । बिकासबादी नेताको रुपमा देशव्यापी नाम कमाएका घिमिरले फागुन २१ को निर्वाचनमा आफ्नो जमानत जोगाउन सकेनन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापाले ५८ हजार ८१४ मतसहित विजयी भएका थिए । थापा बाहेक अन्य ३५ जना उम्मेदवारकै जमानत जफत भएको हो ।

रुपन्देही ३ मा नेपाली काँग्रेसका सुशिल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहरा, नेकपाका फैजअहमद खाँ लगायत चर्चित अनुहारले कूल सदर मत ९० हजार ३०५ को १० प्रतिशत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो ।

 

रुपन्देही–३ बाट उम्मेदवार बनेका ५ जना उम्मेदवारले एक मत पनि प्राप्त गरेका छैनन् । जसमा विष्णुप्रसाद बस्याल, विमला भट्टराई, बालकृष्ण ज्ञवाली, दिलीप कुमार सुनार र टिकाबहादुर क्षेत्री रहेका छन् ।

 

यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाकै सुनिल लम्सालले ५४ हजार ८४५ मतसहित विजयी हासिल गर्दा नेकपा एमालेका दधिराम न्यौपानेसहित २९ जनाको जमानत जफत भएको छ । यहाँ खसेको कूल सदर मत ९२ हजार मध्ये १० प्रतिशत कटाउन नसक्नेमा राप्रपाका प्रज्वल बोहरा, नेकपाका घनश्याम यादव अहिर लगायत रहेका छन् । नेपाली काँग्रेसका हिरा केसीले भने हाट टार्न नसके पनि जमानत जोगाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ मा कूल सदर मत ७८ हजार ४१३ मध्ये १० प्रतिशत नकटाउने ३६ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी भएका थिए । मुलुकका चर्चित निर्वाचन क्षेत्रहरु मध्ये चर्चामा रहेको यस क्षेत्रमा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पराजित भएका थिए । रुपन्देहीमा दर्जनौ बिकास आयोजनाहरु ल्याएर बिकासवादी नेताका रुपमा चर्चा कमाएमा पौडेलको यस पटक भने संसदीय यात्रामा ब्रेक लागेको छ । यसैगरी यस क्षेत्रकै चर्चित उद्योगी चुन्नप्रसाद पौडेल नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहे पनि पराजित भएका थिए ।

रुपन्देही क्षेत्र नम्बर ४ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन् । उनले २८ हजा ६६ मत प्राप्त गरी विजयी हुँदा कूल सदर मत ७२ हजार ३८ को १० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारहरुको जमानत जफत भएको हो । यस क्षेत्रमा जसपाका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव लगायत चर्चित अनुहारले जमानत जोगाउन सकेनन् ।

रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाका तौफिक अहमद खानले ३८ हजार ८०६ मतसहित विजयी हुँदा २४ जना उम्मेदवारको जमानत जफत भयो । यहाँ कूल सदर मत ७८ हजार ९२५ रहेको थियो । यस क्षेत्रबा नेकपाका मुहम्मद वकिल मुसलमान, जनमत पार्टीका ओमप्रकाश यादव, राप्रपाका मिनप्रसाद घिमिरे लगायत चर्चित अनुहारले जमानत जोगाउन नसकेका हुन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij