बुटवलको संगमपथमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी

बुटवलको संगमपथमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल , बुटवलको एक जुत्ता पसलमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ४ संगमपथ स्थित न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा हिजो साँझ आगलागी भएको हो ।

राजु श्रेष्ठले संचालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

साँझ ७ः३० बजे लागेको आगलागीलाई बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको दमकलको सहयतामा नियन्त्रण गरिएको छ । आगलागी लगत्तै प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीको खबर पाए लगत्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख घटनास्थल पुगेर आगलागी नियन्त्रणमा जुटेका थिए । आगलागीबाट भएको वास्तविक क्षतिका विषयमा प्रहरीले अनुसनधान थालेको छ । आगलागीको कारण बारेपनि अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij