अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर फोर्डमा लागेको आगलागी करिब ३० घण्टासम्म जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दी न्यूयोर्क टाइम्सको सोमबारको रिपोर्टअनुसार जहाजको लान्ड्री (कपडा धुने) क्षेत्रमा सुरु भएको आगलागी लामो समयसम्म नियन्त्रणमा आउन सकेको थिएन। उक्त घटनाका कारण दर्जनौँ सैनिक धुवाँका कारण स्वास्थ्य समस्यामा परेका थिए।

अमेरिकी नौसेनाले भने आगलागी नियन्त्रणमा आएको र यो कुनै लडाइँसँग सम्बन्धित नभएको जनाएको छ। घटनामा दुई जना नाविक सामान्य घाइते भएको जानकारी दिइएको छ।

तर जहाजमा रहेका करिब ४,५०० सदस्यीय चालकदलका लागि आगलागीपछि अवस्था सहज नभएको बताइएको छ। रिपोर्टका अनुसार करिब ६०० नाविकले आफ्नो ओछ्यान गुमाएका छन् र उनीहरू अहिले टेबुल वा भुइँमा सुत्न बाध्य भएका छन्। साथै, लन्ड्री सेवा अवरुद्ध भएकाले धेरैले कपडा धुन समेत नपाएको जनाइएको छ।

करिब एक लाख टन तौलको यो युद्धपोत हाल पश्चिमएशिया खाडी क्षेत्रमा तैनाथ छ। अमेरिकी नौसेनाले भने आगलागीका बाबजुद जहाजको सैन्य सञ्चालन प्रभावित नभएको जनाएको छ।

गत वर्ष जुनमा नरफोल्कबाट प्रस्थान गरेको उक्त युद्धपोत अटलान्टिक महासागर, भूमध्यसागर र क्यारेबियन क्षेत्र हुँदै हाल पश्चिमएशिया खाडी क्षेत्रमा तैनाथ छ। रिपोर्टअनुसार यसको हालको तैनाथी अप्रिलको मध्यसम्म पुगेमा यो भियतनाम युद्धपछि अमेरिकी विमानवाहक युद्धपोतको सबैभन्दा लामो तैनाथीमध्ये एक हुने सम्भावना रहेको छ।

अमेरिकाले इजरायलसँग मिलेर इरान विरुद्ध युद्ध सुरु गरेपछि इरानले जवाफी आक्रमण गर्दा कैयौं अमेरिकी फाइटर जहाज र तेल भर्ने टयांकरहरु नष्ट भएका छन् भने कैयौं क्षतिग्रस्त भएका छन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij