बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको छ । आज विहानैदेखि परेको वर्षाले सिद्धबाबा एरियामा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध भएको हो ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पुर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुबै तर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको र ति सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरीएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षासँगै सडक हिलाम्य भएपछि दाउन्नेमा सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिएर सडक अवरुद्ध भएको हो ।
घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म दाउन्नेमा सडक सुचारु हुन समस्या हुने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
शुक्रबारदेखिनै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो । सडक बिस्तारको काम भैरहेको यस क्षेत्रमा वर्षात तथा सीतलहरको समयमा सडक चिप्लो भएर पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्