पाल्पा पाल्पामा भएको टिप्पर दुर्घटनामा परी ४जनाको ज्यान गयो

पाल्पा पाल्पामा भएको टिप्पर दुर्घटनामा परी ४जनाको ज्यान गयो

अपडेट

रुपन्देही, पाल्पाको तानसेन नगरपालिकामा हिजो साँझ भएको टिपर दुर्घटनामा गम्भीर घाईत चार जनाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्लाको माथागढी गाउँपालिका ७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका १० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो। चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनारसहित सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो।

झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। उपचारका क्रममा उनीहरूको मृत्यु भएको

हो।

 

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij