बालेन शाहले शुक्रवार दिउँसाे १२ बजेर ३४ मिनेटकाे साइतमा प्रधानमन्त्रीकाे शपथ लिने

बालेन शाहले शुक्रवार दिउँसाे १२ बजेर ३४ मिनेटकाे साइतमा प्रधानमन्त्रीकाे शपथ लिने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।

शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण र त्यही दिन दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारमा कार्यभार सम्हाल्ने साइत तय भएको हो । शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम रहेको छ ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाण्डौ महानगरपालिकाको मेयर जितेका शाह चुनावअघि मात्रै प्रधानमन्त्रीको दाबेदारसहित पार्टीको वरिष्ठ नेताका रूपमा रास्वपामा प्रवेश गर्नुभएको हो ।

फागुन २१ गते भएको चुनावमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेको छ । अब रास्वपाले एकल सरकार बनाउँदैछ । चुनावमा रास्वपाको पक्षमा अत्यधिक जनलहर आउनुमा शाहको लोकप्रियतालाई मुख्य मानिएको छ ।

मेयर छँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवादमा आइरहने शाहले ओलीकै निर्वाचन क्षेत्र झापा–५ मा उम्मेदवारी दिएर ओलीलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।

प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij