काठमाण्डौ , लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई गएराति काठमाण्डौ धुम्बाराहीको घरबाट पक्राउ गरेको हो ।
२०८१ जेठमा काठमाण्डौ महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई शर्माले घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो । त्यतिबेला मेयर रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न गर्नुभएको थियो ।
शर्मामाथि नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लागेको थियो । त्यसपछि महानगरले जिल्ला प्रहरी परिसरमा बालबालिका सम्बन्धी ऐन अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रधानमन्त्री बालेन्द्रले त्यतिबेला फेसबुकमा स्टाटस लेख्नुभएको थियो ।
शर्माविरूद्ध २०८१ माघमा मुद्दा नचल्ने निर्णयपछि काठमाण्डौ महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री वालेन्द्र शाहले कुनै दिन समय आउने बताउनुभएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्