काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल शुरू गर्नुभएको छ । उहाँले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गर्नुभएको हाे ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सांसदहरूले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएका बताउनुभयो । उहाँकाअनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राख्नुभएको थियो ।
छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराएका सांसद न्यौपानेले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सीमित बजेटका कारण प्राथमिकताका आधारमा समस्या समाधानमा अघि बढ्ने बताउनुभएको उहाँको भनाइ छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्