महासंघको निर्वाचनका लागि बुटवल उवासंघमा प्रतिनीधि चयन

महासंघको निर्वाचनका लागि बुटवल उवासंघमा प्रतिनीधि चयन

 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि संघका अध्यक्ष हरिप्रसाद अर्याललाई मुख्य प्रतिनीधिमा चयन गरेको छ । संघको शुक्रबार बसेको कार्यसमिति बैठकले महासंघको ६०औं साधारण सभा तथा निर्वाचनका लागि कार्यकारिणी सदस्यका उम्मेद्वार समेत रहेका अध्यक्ष अर्याललाई मुख्य प्रतिनिधी तथा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू र वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई अतिरिक्त प्रतिनीधि चयन गरेको हो ।
संघका अध्यक्ष अर्यालको अध्यक्षतामा बसेको बैठकले विगतका प्रावधानहरुलाई समेत आधार बनाएर मुख्य प्रतिनीधि र अतिरिक्त प्रतिनिधी चयन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघले अध्यक्ष अर्याललाई महासंघको निर्वाचनमा खुल्ला तर्फबाट कार्यकारिणी सदस्यको रुपमा अंगाडि सारेको छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेद्वार समेत रहेका अध्यक्ष अर्यालले महासंघको निर्वाचनका सन्दर्भमा अहिलेसम्म भएका गतिविधि र चुनावी रणनीति सहित सम्भावित परिदृश्यका बारेमा बैठकमा जानकारी गराएका थिए ।
बैठकले संघमा ‘व्यवसाय सम्वद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको छ । विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको संघले सोही मोडलमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएको हो । त्यस्तै रुपन्देहीका देवदह नगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा बन उद्यम कार्यक्रम सञ्चालनका लागि प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।
बन उद्यम कार्यक्रम सञ्चालनका लागि डि.जि.एम. नेपालबाट प्रस्ताव माग भए बमोजिम रुपन्देहीका तीन वटा पालिकाका विभिन्न सामुदायिक बन समितिको सहयोगमा प्रथम चरणको प्रस्ताव स्वीकृति भएको छ । विस्तृत परियोजना प्रस्तावको स्वीकृति प्रश्चात सामुदायिक बन उपभोक्ता समिति र अन्य संघसंस्थाहरुको समन्वयमा कार्यक्रम अगाडि बढाईने संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिए ।

सम्मान तथा बधाई

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नाडा अटोमोवाईल एशोसियसन अफ नेपालको उपाध्यक्षमा निर्वाचित संघका कार्यसमिति सदस्य गणेश भट्टराईलाई सम्मान गरेको छ । संघको शुक्रबार बसेको कार्यसमिति बैठकमा नाडा उपाध्यक्षमा निर्वाचित भट्टराईलाई अध्यक्ष हरिप्रसाद अर्यालले बधाई र सफल कार्यकालको शुभकामना सहित खादा ओढाएर सम्मान गरेका हुन् । संघका कार्यसमिति सदस्य भट्टराई हालै सम्पन्न नाडा अटोमोवाईल एशोसियसन अफ नेपालको अधिवेशनबाट संस्थागत तर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यस्तै संघकी पूर्वकार्यसमिति सदस्य मञ्जु भुसाल तथा संघका साधारण सदस्य कालिका होमियो प्याथिकका सञ्चालक माधव थापा प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । संघकी पूर्व कार्यसमिति सदस्य भुसाल समानुपातिक तर्फबाट र थापा पाल्पाको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचत भएका हुन् । त्यस्तै संघको कार्यालय रहेको रुपन्देहीको क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित शुलभ खरेल तथा यस क्षेत्रबाट समानुपातिकमा निर्वाचित प्रतिनीधि सभा सदस्य अमृता विकसहितलाई बधाई ज्ञापन गर्दै रचनात्मक कदमको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij